सुन तोलामा १८ सयले घट्यो

काठमाडौं । शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ। बिहीबार छापावाला सुन प्रति तोला १ लाख ३८ हजार ७०० रुपैयाँमा कारोबार भएको थिया। शुक्रबार १८ सय रुपैयाँले घटेर १ लाख ६ हजार ९०० रुपैयाँ कायम भएको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजाबी सुन प्रति तोला १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भएको छ। बिहीबार तेजाबी सुन १ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीमा प्रति तोला १० रुपैयाँ घटेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८६५ रुपैयाँमा रहेको थियो।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार