रसुवागढी हाइड्रोपावर कम्पनीको दशौं र एघारौं साधारण सभा हुँदै

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले २०८१ साल आषाढ ११ गते मंगलबार दशौं र एघारौं बार्षिक साधारणसभा  कुण्डलिनी दरबार व्याङक्वेट, चण्डोल, काठमाडौं बिहान ११:०० बजे मा हुने भएको छ  ।

साधारणसभामा संचालक समितिको तर्फबाट पेश हुने आ. ब. २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ साल आषाढ मसान्तको वासलात तथा आ.ब. २०७८/०७९ को आर्थिक विवरणहरु (नाफा /  नोक्सान) हिसाव, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु) माथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक अनुमोदन गर्ने, आ.व. २०८०/०८१ का लागि वाह्य लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने,संचालक समितिका सदस्यहरुको बैठक भत्ता तथा सुविधा निर्धारण गर्ने, कम्पनीको संचालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने १ जना महिला सहित ४ जना संचालकहरुको निर्वाचन गर्ने, कम्पनीको संचालक समितिमा रहने २ जना स्वतन्त्र संचालकको मनोनयन / निर्वाचन  गर्नेछ ।

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको दशौं र एघारौं वार्षिक साधारण सभा प्रयोजनका लागि मिति २०८१/०२/२३ गते (एक दिन) शेयरधनी दर्ता पुस्तिका बन्द हुने छ  । साधारणसभामा २०८१/०२/२२ गतेसम्म का शेयरधनी दर्ता किताबमा कायम रहेका शेयरधनीहरुले सो सभामा भाग लिन पाउने छन्।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार