बैंकिङ प्रणाली : तरलता पर्याप्त र ब्याजदर घट्दै

काठमाडौं । पछिल्लो समयमा बैंकिङ प्रणाली तरलता पर्याप्त रहेको र ब्याजदर घट्दै गएको बताइएको छ । आइतबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण अनुरुप चालु आर्थिक वर्षमा बैकिङ प्रणालीमा तरलता पर्यापत रहेको र ब्याजरद घट्दै गएको छ । चालु आर्थिक वर्षको फागनुसम्ममा वाणिज्य बैंकमा रहेको निक्षेत्रपको भारित औसत ब्याजदर ६.७४ प्रतिशत तथा कर्जाको भारित औसत ब्याजरद १०.७८ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षके सोहि अवधिमा यस्तो ब्याजदर क्रमशः ८.३७ प्रतिशत र १३.०३ प्रतिशत रहेको थियो ।

त्यस्तै, निजी क्षेत्रतर्फको कर्जा विस्तार पछिल्लो समय केहि वृद्धि भएको छ । चालु आर्थिक वर्षको फागुनसम्म निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ५.६ प्रतिशतले बढेको छ । यस अवधिमा विस्तृत मुद्राप्रदाय ७.७ प्रतिशतले बढेको छ । समिक्षा अवधिमा मुलुकभर २ करोड ३७ लाख ८३ हजार जना मोबाइल बैंकिङ प्रयोगकर्ता रहेको आर्थिक सर्वेक्षणमार्फत् बताइएको छ । त्यस्तै समीक्षा अवधिमा इन्टरनेट बैकिङ प्रयोगकर्ताको संख्या भने १८ लाख ७४ हजार जना रहेका छन् । यसरी मोबाइल र इन्टरनेट बैकिङ प्रयोगकर्ताको संख्या बढ्दै गएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै , पछिल्लो सयम बैंक तथा वित्तीय संस्थामा पहुँच समेत वृद्धि भएको बताइएको छ । बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल विस्तार, विघुत्तीय माध्यमबाट हुने कारोबार र वित्तीय साक्षरता प्रर्वद्धनका कारण वित्तीय पहुँचमा सुधार भएको छ । चालु आर्थिक वर्षको फागुन सम्ममा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या (लघुवित्त सहित) का आधारमा प्रति शाखा जनसंख्या २ हजार ५ सय १५ जना पुगेको छ । यस्तो जनसंख्या गत वर्षको सोहि अवधमिा २ हजार ५ सय १० जना रहेको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार