RE
Global College

पौडेलको अध्यक्षतामा नेपाल मोबाइल व्यवसायी संघ बारा जिल्ला कमिटी गठन

काठमाडौं । नेपाल मोबाइल व्यवसायी संघ बारा जिल्ला कमिटी गठन भएको छ । जीवन शर्मा पौडेलको अध्यक्षमा १४ सदस्यीय मोबाइल व्यवसायी संघ बारा जिल्ला कमिटी गठन भएको हो ।

कमिटीको उपाध्यक्षमा गणेशप्रसाद साह, महासचिवमा श्रीराम पौडेल, सचिवमा रितेश सर्राफ, कोषाध्यक्षमा राजन तिमिल्सिना, सहकोषाध्यक्षमा सोनुकुमार शर्मा चयन भएका छन् । यस्तै सदस्यमा सोनु सर्राफ, अर्जुन गुप्ता, राधा खत्री, विकास साह, बब्लु अंसारी, सञ्जय चौधरी, शिव न्यौपाने र उत्तम चौधरीलाई चयन गरिएको छ ।

मोबाइल व्यावसायीको हक हितका जिल्लामा छरिएर रहेका व्यवासायीलाई एकृकीत गर्न कमिटी गठन गरिएको महासचिव श्रीराम पौडेलले बताए।

नेपाल मोबाइल व्यवसायी संघ मधेस प्रदेशका अध्यक्ष एवम् सिमरास्थित सुरक्षा मोबाइलका संचालक मोहन कार्कीको अध्यक्षता तथा केन्द्रीय सदस्य दिनेश लामाको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो।

NECO

Leave Your Comment

Related News