करिब १९ खर्बको बजेट आउने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि करिब १९ खर्बको बजेट आउने भएको छ। स्रोतका अनुसार सोमबार अर्थ मन्त्रालयले करिब १९ खर्ब रुपैयाँको बजेट तयार गरेको छ ।

अर्थले तयार गरेको आकारका आधारमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा हुने स्रोत समितिले सोमबार साँझ बजेटको नयाँ सिलिङ निर्धारण गरेको छ ।

नयाँ बजेटका आधारमा आयोगले तयार गरेको नयाँ मध्यमकालीन खर्च संरचना र विकास कार्यक्रम आज १० बजे प्रधानमन्त्री अध्यक्षताको आयोगको पूर्ण बैठकले मंगलबार बिहान पारित गरेको छ ।

दिउँसो १ बजे बस्ने मन्त्रिपरिषद् बैठकले बजेटका अतिरिक्त यससँग सम्बन्धित विधेयकहरूलाई पारित गर्ने छ ।

सरकारले चालु आर्थिक वर्ष (आव) २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट ल्याए पनि मध्यावधि समीक्षामार्फत १५ खर्ब ३० अर्ब मात्रै खर्च हुने अनुमान गरेको थियो । चालु आवको बजेट हालसम्म बजेटबाट हालसम्ममा ११ खर्ब १५ अर्ब रुपैयाँ खर्च भएको छ ।

अर्थमन्त्रीले आजै दिउँसो ३ बजे संसद्को संयुक्त बैठकमा बजेट पेस गर्ने कार्यक्रम छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार