अर्थ सचिवले अर्थमन्त्रीलाई हस्तान्तरण गरे बजेटको मस्यौदा

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको तयारी पूरा भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ सचिव मधुकुमार मरासिनीले अर्थमन्त्री वर्षमान पुनलाई बजेटको मस्यौदा हस्तान्तरण गरेसँगै बजेटको तयारी पूरा भएको अर्थ मन्त्रालयले जनाएको हो ।

अहिले बजेट पारित गर्न मन्त्रिपरिषदको बैठक बसिरहेको छ। आजै ३ बजे संसद्को संयुक्त बैठकमा अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेट पेश गर्नेछन् ।

यसअघि आजै प्रधानमन्त्री एवं योजना आयोगका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बसेको आयोगको पूर्ण बैठकले मध्यमकालीन संरचना र वार्षिक विकास कार्यक्रम पारित गरिसकेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार