एनसेलले मोबाइल सेवा अनुमति पत्रको तेस्रो नवीकरणका लागि ४ अर्ब बुझायो, अझै १६ अर्ब बाँकी

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलले जीएसएम सेलुलर मोबाइल अनुमति पत्र (लाइसेन्स)को तेस्रो नवीकरणका लागि ४ अर्ब रुपैयाँ बुझाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले एनसेलले लाइसेन्स तेस्रो नवीकरण गर्न सोमबार ४ अर्ब रुपैयाँ बुझाएको जानकारी दिए।

एनसेलको यही भदौ १६ गते दोस्रो नवीकरणको अवधि सकिँदै छ। दूरसञ्चार ऐन २०५३ अनुसार लाइसेन्स अवधि सकिनु तीन महिना अघि र अनुमतिपत्रको लागि कबुल गरेको नवीकरण दस्तुर सहित प्राधिकरणमा निवेदन दिनु पर्छ। जेठ १५ गते सार्वजनिक बिदा परेकाले एनसेलले लाइसेन्स नवीकरणका लागि जेठ १५ गते नै प्राधिकरणमा निवेदन दिएको हो।

लाइसेन्स नवीकरणका लागि एनसेलले ४ अर्ब रुपैयाँ बुझाएर निवदेन दिएको छ। मोबाइल सेवा प्रदायकले लाइसेन्स नवीकरण गर्नका लागि २० अर्ब रुपैयाँ बुझाउनु पर्छ। एनसेलले सम्पूर्ण रकम नबुझाइ नवीकरणका लागि निवेदन दिएकाले लाइसेन्स नवीकरण गर्ने पक्षमा भने प्राधिकरण रहेको छैन।
‘एनसेलले लाइसेन्स नवीकरणका लागि निवेदन र दस्तुर तिर्ने आज (मंगलबार) अन्तिम दिन हो। तर आज सार्वजनिक बिदा परेको छ। भोलि बुधबार नवीकरणका लागि आवश्यक पर्ने सम्पूर्ण दस्तुर भुक्तानी नगरिए पर्सि बुधबारदेखि ३ अर्ब जरिवाना लाग्ने छ,’ प्रवक्ताले भने।
मन्त्रिपरिषद्लले यस अघि दोस्रो नवीकरणका लागि किस्ता बन्दीको सुविधा दिएको छ। तर यस पटक एनसेललाई किस्ता बन्दीमा नवीकरण गर्न दिने पक्षमा सरकार रहेको छैन।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार