RE
Global College

डीएसटी छुटको सिलिङ बढ्यो

काठमाडौं । सरकारले विद्युतीय सेवा कर (डीएसटी) छुटको सिलिङ बढाएको छ।

सरकारले आर्थिक विद्येयक २०८१ मार्फत डीएसटी छुटको सिलिङ ३० लाख रुपैयाँ पुर्याएको छ।

विद्येयक अनुसार डीएसटीको वार्षिक तीन लाख रुपैयाँसम्मको कारोबारमा कर लाग्ने छैन।

यस अघि डीएसटीको वार्षिक २० लाख रुपैयाँसम्मको कारोबारमा कर नलाग्ने व्यवस्था थियो।

गैरबासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा दुई प्रतिशतका दरले डीएसटी लाग्ने व्यवस्था छ।

NECO

Leave Your Comment

Related News