दोहोरो अंकले बढ्यो सेयर बजार, ४ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक १३.५१ अंकले बढ्दे २ हजार ८३.०४ विन्दुमा पुगेर बन्द भएको छ । ठूला कम्पनीको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.४५ अंकले बढेर ३ सइ ७१.६५ विन्दुमा पुगेको छ ।

आइतबार कुल ३ सय २५ वटा कम्पनीको ९६ लाख ९७ हजार २ सय ६ कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम भने ४ अर्ब ३१ करोड १० लाख १५ हजार ६ सय २९ रुपैयाँ ९५ पैसा रह्यो ।

आइतबार बजार पूँजीकरण भने ३३ खर्ब ३ अर्ब ९ करोड ५० लाख १४ हजार ७ सय ८१ रुपैयाँ रहँदा कुल कारोबार संख्या भने ६५ हजार ६ सय ५४ रह्यो । आइतबार १ सय ७४ वटा कम्पनीको सेयर मुल्य बढ्दा ६१ वटा कम्पनीको सेयर मूल्य घट्यो भने १२ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

आइतबार कारोबार भएका १३ उप समूह मध्ये १० वटा उप समूहको सेयर मूल्य उकालो लाग्दा बाँकी ३ वटा सेयर मूल्य ओरालो लागेको छ । जसमा लगानी, उत्पादन तथा प्रशोधन र म्युअुचल फण्ड रहेको छ । बैकिङ १२.४६, विकास बैंक ९.१२, वित्त ४६.८०, होटल र पर्यटन २४.६०, जलविद्युत ३१.५२, जीबन बीमा ७८.६०, लघुवित्त २२.८१, निर्जिवन बीमा ७१.४९, व्यापार १८०.३६ र अन्य १५.८० अंकले बढको छ । त्यस्तै लगानी ०.१७, उत्पादन तथा प्रशोधन १६२.३९ र म्युअुचल फण्ड ०.०१ अंकले घटेको छ ।

आइतबार सबैभन्दा बढी कारोबार हुनेमा नेपाल फाइनान्स, पोखरा फाइनान्स, फ्रस्ट माइक्रो लघुवित्त वित्तीय संस्था लिमिटेड, अप्पर लोहोरे खोला हाइड्रोपवार कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर र डेभ्लपमेन्ट लिमिटेड रहेका छन् । नेपाल फाइनान्सको २२ करोड ६४ लाख १३ हजार रुपैयाँ, पोखरा फाइनान्सको १८ करोड ७० लाख २४ हजार रुपैयाँ , फ्रस्ट माइक्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको १४ करोड ७ लाख १७ हजार रुपैयाँ, अप्पर लोहोरे खोला हाइड्रोपवार कम्पनीको १२ करोड ४४ लाख ६४ हजार रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चर र डेभ्लपमेन्ट लिमिटेडको १० करोड ७१ लाख ३० हजार रुपैयाँ बराबर करोबार भयो ।

आइतबार मल्टीप्रपोज फाइनान्स र मक्कर जितुमाया सुरी हाइड्रो लिमिटेडले सकारात्मक सर्किट हान्दा सबैभन्दा बढी कमाउनेमा कालिन्चोक दर्शन लिमिटेड , अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले लिमिटेड र माइ खोला हाइड्रोपवार लिमिटेड रहे । नारायणी विकास बैंकले नकारात्मक सर्किट हान्दा सबैभन्दा बढी गुमाउनेमा युनिलिभर नेपाल लिमिटेड, पोखरा फाइनान्स, लक्ष्मी भ्यालु फण्ड २ र सुपर मार्दी हाइड्रोपवार लिमिटेड रहे ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार