CLI
Global College

गभर्नर महाप्रसाद अधिकारीको गुनासोः ‘वास्तविक कर्जाको अभाव नहुन गरिएको सुधारमा पनि आपत्ति हुन्छ’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र चलायमान र वास्तविक कर्जा प्रवाहका लागि गरिएको सुधारमा पनि आपत्ति हुने गरेको गुनासो गरेका छन्। इकोनोमिक मिडिया सोसाइट नेपाल (इम्सन)ले आज आयोजना गरेको पोस्ट–बजेट छलफल कार्यक्रममा गभर्नर अधिकारीले यस्तो गुनासो गरेका हुन्।

हामी लगानी र खर्च उत्पादन मुखी भएन भन्छौं। त्यो लगानीलाई उत्पादन मुखी बनाउनका लागि राष्ट्र बैंकले लिएका नीतिहरु तीका उद्देश्यक खासगरी  बैंकिङ कर्जा, बैंकिङ स्रोत, राष्ट्रिय स्रोतलाई सहि ठाउँमा सदुपयोग गरियोस्। वास्तविक प्रयोगका लागि कर्जाको अभाव हुँदैन भनेर गरिएको सुनिश्चिताका लागि गरिएका सुधारमा धेरै ज्यादै आपत्ति हुन्छ,’ गभर्नर अधिकारीले भने, ‘आपत्ति भए पछि स्रोत कहाँ जाने भयो त लगानी त उत्पानमुखी हुने भएन।’ यी विषय सबैले बुझेर सहयोग गर्न उनले आग्रह गरे।

राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति तयार गरिरहेको जानकारी दिँदै उनले एकदमै खुल्ला भएर मौद्रिक नीतिको मस्यौदा तयार गर्ने उनको प्रतिबद्धता गरे। ‘खुल्ला मौद्रिक नीति तयार हुन्छ। सँगसँगै यहाँहरु आफ्नो व्यवसाय, व्यापारमा सक्रिय रुपमा लाग्नुहोस्,’ उनले भने।

‘बैंक तथा वित्तीय क्षेत्रलाई जोखिम धेरै लिनु र सम्झौता गर्नु भन्ने छैन। वस्तविक प्रस्तावलाई ईमानदारीपूर्वक केलाई दिनुहोस्। बैंकका लागि योग्य ग्राहक हो भने नयाँ भए पनि, हिजो फेल भए पनि भोलि राम्रो गर्न सक्छ। उसलाई कान्सलिङ गर्नु होस्, सघाइदिनु होस्। उसका प्रस्तावहरुलाई अघि बढाइ दिनुहोस्। यहाँहरुको प्रत्येक स्टेप मेहनतले अर्थतन्त्रलाई चलायमान बनाउन सघाउने छ,’ अधिकारीले भने।

Leave Your Comment

Related News