हिमालयन लघुवित्तको सेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल पुन नियुक्त

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले आफनो सेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । लघुवित्तले आगामी आर्थिक वर्ष साउन १ देखि लागुन हुने गरी हिमालयन क्यापटिल लिमिटेडलाई नियुक्त गरेको हो । तीन वर्षको लागि हिमालयक म्यापिटललाई नियुक्त गरिएको प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले जानकारी दिए ।

लघुवित्तको २०८१ असार ३१ गते देखि हिमालयन क्यापटिलसँगको सेवा सम्बन्धी सम्झौता समाप्त हुदैछ । जसले गर्दा थप समय सेवा प्रदान गर्नका लागि नयाँ सम्झौता गरिएको आचार्यले जानकारी दिए । लघुवित्तको यसअघि पनि सेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल रहेको थियो ।

लघुवित्तले आफना सेयर सदस्यहरुलाई विश्वासनीयता प्रदान गर्नका लागि सेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल छनौट गरिएको जनाएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार