भारतीय अर्बपति अदानीले २५ अर्ब डलर गुमाए

काठमाडौं । लोकसभा चुनावी नतिजाले भारतीय सेयर बजार प्रभावित हुदाँ भारतीय अर्बपति गौतम अदानीको सम्पत्तिमा गिरावट आएको छ । अर्बपति अदानी मात्र नभई मुकेश अम्बानीको सम्पत्तिमा ठूलो गिरावट आएको छ।

लोकसभा चुनावको नतिजाले सेयरबजार प्रभावित बने सँगै सेयर बजारमा चार वर्षयताकै ठूलो गिरावट आउँदा दुई अर्बपतिले अर्बों सम्पत्ति गुमाउन पुगेका हुन् । प्रधानमन्त्री नरेन्द्र मोदीको दल बीजेपीले बहुमत गुमाउँदा सेयर लगानीकर्ता निराश भएका थिए।

अदानी ग्रुपका प्रमुख गौतम अदानीको नेटवर्थ २४.९ अर्ब डलरले घटेको हो। उनको बुधबार कुल सम्पत्ति ९७.५ अर्ब डलर रहेको ब्लुमबर्ग अर्बपति सूचकांकले देखाएको छ।

उनी अहिले अर्बपति वरीयतामा १५औँ स्थानामा छन् भने भारतमा मुकेश अम्बानीपछि दोस्रो धनीमा छन्। अदानी ग्रुपको सेयर मंगलबार १८ प्रतिशतसम्मले घटेको थियो।

यता रिलायन्स ग्रुपका प्रमुख अम्बानीको पनि एकै दिन ८.९९ अर्ब अमेरिकी डलरले घटेको थिये। योसँगै उनको कुल सम्पत्ति १०६ अर्ब डलर छ भने उनी विश्व अर्बपति वरीयतामा ११औँ स्थानमा छन्।

त्यस्तै विश्वको  सबैभन्दा धनी अर्बपतिमा बर्नार्ड आर्नो छन्। उनको कुल सम्पत्ति २०७ अर्ब डलर छ। अमेजनका संस्थापक जेफ बेजोस २०२ अर्ब डलरसहित दोस्रो वरीयतामा छन्। टेस्लाका संस्थापक इलोन मस्क २०१ अर्ब डलरसहित तेस्रो वरीयतामा हुँदा फेसबुकका संस्थापक मार्क जुकरबर्ग चौथो र गुगलका सहसंस्थापक ल्यारी पेज पाँचौँमा क्रमशः १७० अर्ब डलर र १५५ अर्ब डलर सम्पत्तिसहित छन्।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार