निजगढको क्याम्पस चोकमा सिसिटीभी क्यामरा जडान

काठमाडौं । निजगढ नगरपालिका वडा नम्बर ९ स्थित क्याम्पस चोकमा सोमवार सिसिटिभी क्यामरा जडान गरिएको छ ।

वडा नम्बर ९ वडा कार्यालयको आर्थिक सहयोगमा गौरीशंकर क्याम्पस अगाडिको चौबाटोमा सिसिटिभी क्यामरा जडान गरिएको हो ।

वडाको मुख्य सार्वजनिक स्थानमध्ये प्रमुख मानिने सो चोकमा रंगिन भिडियो र अडियो रेकर्ड गर्ने क्षमताको ४ वटा क्यामरासहितको सिसिटिभी जडान गरिएको वडा अध्यक्ष रामचन्द्र कटुवालले जानकारी दिए।

उक्त क्षेत्रमा हुनसक्ने अपराधिक घटना न्यूनीकरणमा क्यामरा जडानपछि सहयोग पुग्ने उनले बताए। । आगामी दिनमा वडाका अन्य सार्वजनिक र सुरक्षा दृष्टिकोणले महत्वपूर्ण मानिने स्थानमा पनि सिसिटिभी क्यामरा जडान गरिने जानकारी दिए।

५० मिटर दुरीसम्मको भिडियो र अडियो रिकर्ड गर्नसक्ने क्षमताको सो सिसिटिभीको मोनिटर ईलाका प्रहरी कार्यालय निजगढमा राखेर निगरानी र नियन्त्रणको व्यवस्था मिलाइएको सिसिटिभीका प्राविधिक समिर तामाङ्गले जानकारी दिए।

वडा अध्यक्ष कटवालको अध्यक्षतामा भएको क्यामरा जडान कार्यक्रममा ईलाका प्रहरी कार्यालयका निरीक्षक सुमित कुशवाहा, वडा समितिका सदस्यहरु बबिता श्रेष्ठ, इन्द्रप्रसाद चौलागाई, इन्द्रकुमारी सुनुवार, आदर्श सदावहार सामुदायिक वन समूहका अध्यक्ष रामप्रसाद पाण्डेलगायत स्थानीय बासिन्दाहरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै निरीक्षक कुशवाहाले क्यामरा जडानपछि अपराध नियन्त्रण गरेर शान्ति सुरक्षा कायम गर्न मद्दत पुग्ने बताए।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार