काठमाडौं । ग्लोबल इक्विटी फण्ड लिमिटेडको विशेष साधारणसभा २०८१ अषाढ ०७ गते शुक्रबारसानेपा, ललितपुर १०:०० बजे बस्ने भएको छ ।
कम्पनीको बिशेष साधारणसभाले संचालकहरुको नियुक्ति अनुमोदन गर्ने, कम्पनी ऐनको दफा ९३ बमोजिम संचालकहरुको संलग्नता रहेको कम्पनीसँगको कारोबारको स्वीकृती प्रदान गर्ने , कम्पनी ऐन, २०६३ को दफा ६० बमोजिमको रणनिती पेश गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, कम्पनीको हकप्रद शेयर जारी गर्ने र सो सम्बन्धमा आवश्यक कार्यका लागि अख्तियारी प्रत्यायोजन गर्ने निर्णय गर्ने जनाइएको छ ।
विशेष साधारण सभालाई ध्यानमा राखी जेठ ३१ गते कम्पनीको शेयरधनी दर्ता किताव बन्द हुनेछ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८१/०२ / ३० गते सम्म कारोबार भई २०८१ ।०३।०६ गतेभित्र यस कम्पनीको रजिष्टर्ड कार्यालय सानेपा, ललितपुरमा प्राप्त शेयर नामसारीको लिखतको आधारमा शेयरधनी दर्ता कितावमा कायम शेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन पाउने छन् ।