काठमाडौं । सेयर बजारको निरन्तर ओरोलो लाग्ने क्रम साताको अन्तिम दिन बिहीबार पनि कायमै रह्यो । मंगलबार ६.२२ , बुधबार ५.५८ अंकले घटेको सेयर बजार बिहीबार पनि घटेको हो । बिहीबार नेप्से परिसूचक १.९३ अंकले घट्दा २ हजार ७७.७८ विन्दुमा पुगेर बन्द भएको छ । ठूला कम्पनीको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.२७ अंकले घटेर ३ सय ७०.३४ विन्दुमा पुगेर बन्द भएको छ ।
बिहीबार ३ सय २२ वटा कम्पनीको ८८ लाख १३ हजार ३ सय ७४ कित्ता सेयर करोबार हुदाँ कारोबार रकम भने ४ अर्ब ३८ करोड ८२ लाख ७८ हजार ७ सय २० रुपैयाँ ३८ पैसा रह्यो । बुधबार भने करोबार रकम ३ अर्ब ९९ करोड २९ लाख ७६ हजार ४ सय ९२ रुपैयाँ ७९ पैसा रहेको थियो । यो सँगै बिहीबार भने कारोबार रकम बढेको छ ।
बिहीबार ५९ हजार ६ सय ५० पटक कारोबार हुदाँ बजार पुँजीकरण भने ३२ खर्ब ९४ अर्ब ७४ करोड १७ लाख ९२ हजार ४ सय ५० रुपैयाँ ९ पैसा रह्यो ।
बिहीबार १ सय १ वटा कम्पनीको सेयर मूल्य बढ्दा बाँकी १ सय ३५ वटा कम्पनीको सेयर मूल्य घट्यो भने ११ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
बिहीबार १३ वटा समूहमध्ये ५ वटा समूहको सेयर उकालो लाग्दा ८ वटा समूहको सेयर ओरालो लाग्यो । बिहीबार होटल र पर्यटन ५.९७, जलविद्युत २०.५९, लगानी ०.३७, लघुवित्त ४२.३२ र व्यापार ५८.३५ अंकले बढ्दा बैकिङ ७.७४, विकास बैंक २४.४६, वित्त ४५.८७, जीवन बीमा २४.९४, उत्पादन र प्रशोधन ४२.४६, म्युअुचल फण्ड ०.०५, जिर्विन बीमा ४०.१९ र अन्य समूह २.७४ अंकले घट्यो ।
बिहीबार सबैभन्दा बढी कारोबार हुनेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट बैंक, सीइडीबी हाइड्रो, , पोखरा फाइनान्स , हिमालयन लघुवित्त वित्तीय संस्था र सुपर मार्दी हाइड्रो पावर रह्यो ।
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट बैंकको १८ करोड ६८ लाख ४ हजार रुपैयाँ, सीइडीबी हाइड्रोको १४ करोड ४५ लाख १५ हजार रुपैयाँ, पोखरा फाइनान्सको १४ करोड १३ लाख ५२ हजार रुपैयाँ र हिमालयन लघुवित्तको १० करोड २६ ल ाख ९९ हजार रुपैयाँ र सुपर मार्दीको ८ करोड ९६ लाख १८ हजार रुपैयाँ बराबरको करोबार भयो ।
बिहीबार इमिर्जिङ नेपाल लिमिटेड, मिड सोलु हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किटन लाग्दा सैबभन्दा बढी कमाउनेमा बुद्धभुमि नेपल हाइड्रो कम्पनी, माण्डु हाइड्रोपावर र सुपर मार्दी हाइड्रोपवार रह्यो । सबैभन्दा बढी गुमाउनेमा माइ खोला हाइड्रोपावर, ज्याति विकास बैंक वण्ड, नरायणी डेभलपमेन्ट बैंक, पोखरा फाइनान्स र स्वभिमाना लघुवित्त वित्तीय संस्था रह्यो ।