RE
Global College

सुचना टाँस गरेर प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं ।  प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । आज जेठ २७ देखि बिनियोजन बिधयेक माथि छलफलको कर्यसुची रहेको  थियो । २९ गतेदेखि नियमित छलफल सुरु हुने जनाईएको छ ।

आज बिहान सभामुख निवास बालुवाटारमा बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो ।

विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेकाले बैठक २ दिन सरेको हो सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी  थिए ।

 

NECO

Leave Your Comment

Related News