त्रिभुवन विमानस्थलमा उद्धारको पुर्व तयारी अभ्यास हुने, आधा घण्टा उडान रोकिने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज २०८१ साल जेठ २८ गते Alert (Aircraft accident in Airport) सम्बन्धि पुर्णकालिन अभ्यास हुने भएको छ  ।

विमानस्थल नागरिक उड्डयन कार्यालयले एक सुचना प्रकाशित गर्दै  आज सोमबार अपरान्ह १:०० वजे हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धार संग सम्बध्द विभिन्न निकायहरुको सहभागितामा बिमानस्थल संकटकालिन योजना अनुसार गरिने विभिन्न अभ्यासहरु मध्ये Alert 9.3.1 (Aircraft accident in Airport) सम्बन्धि पुर्णकालिन अभ्यास गर्न लागेको जनाएको छ ।

प्राधिकरणका अनुसार अभ्यासको मुख्य उद्देश्य संकटको अवस्थामा सहभागि हुने विभिन्न निकायहरु बीच सहयोगको अभिबृद्धि गराउने तथा सहभागि निकायहरुले निर्वाह गर्ने भूमिका तथा जिम्मेवारीको मूल्याङ्कन गरी सम्वद्ध पक्षको क्षमतामा अभिबृदि गराइ यस्तो दुर्घटनाको अवस्थामा जनधनको क्षति न्युन गराउने र विमानस्थलको संचालन छिटो भन्दा छिटो सुचारु गराउने रहेको छ ।

अभ्यासको सिलसिलामा विमानस्थल वरिपरिको आकाशमा कालो धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तिव्रता आएको पनि देख्न सकिनेछ । साथै अभ्यासको क्रममा स्थानीय समय १३:०० देखि १३:३० बजे सम्म यस विमानस्थलको अपरेशन वन्द हुने भएकोले नियमित उडान / अवतरण प्रभावित हुन सक्ने जनाइको छ ।

संकटकालिन योजनाको अभ्यास गर्नु पर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) को मापदण्ड तथा त्रिभुबन अन्तराष्ट्रिय विमानस्थल Airport Emergency Plan अनुसार गरिने योजनावद्ध अभ्यास भएको बताइएको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार