RE
Global College

डेल्टा अटोकर्पद्वारा १५० सीसीका दुई नयाँ भेस्पा स्कुटर सार्वजनिक,कति छ मूल्य ?

काठमाडौं । आधिकारिक विक्रेता डेल्टा अटोकर्पले नेपाली बजारमा १५० सीसी क्षमताका नयाँ ‘भेस्पा १५०’ र ‘भेस्पा एस १५०’ गरी दुईवटा मोडलका स्कुटरहरू सार्वजनिक गरेको छ। डेल्टा अटोकर्पका प्रबन्ध निर्देशक केतन भिमसारियाले भेस्पाको ८०औँ वार्षिकोत्सवको अवसरमा नेपालमा यो नयाँ अध्यायको सुरुवात गर्न पाउँदा गर्व महसुस भएको बताएका छन्। आकर्षक बनावट, आधुनिक सुविधा, बीएस६ इन्जिन तथा एबीएस डिस्क ब्रेकसहित आएका यी स्कुटरहरू ६ वटा विभिन्न आकर्षक रङमा उपलब्ध छन्, जसले सहरी क्षेत्रको दैनिक आवतजावतलाई थप सहज बनाउनेछन्।

भेस्पा आफ्नो विशिष्ट बनावट र आकर्षक स्वरूपका कारण नेपाली ग्राहकबीच परिचित छ। नयाँ भेस्पा १५० ले पनि यही पहिचानलाई निरन्तरता दिँदै परम्परागत स्वरूप र आधुनिक सुविधाको संयोजन प्रस्तुत गर्ने अपेक्षा गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजय कुमार महतोले जानकारी दिए।

‘सहरी क्षेत्रमा दैनिक आवतजावत गर्ने तथा आफ्नो सवारीसाधनको बनावट र सुविधालाई प्राथमिकता दिने ग्राहकका लागि यो स्कुटर निकै आकर्षक छ। १५० सीसी क्षमताको इन्जिन भएको यस स्कुटरले यात्रालाई सहज बनाउनुका साथै यसको इन्जिन क्षमता, सञ्चालन सहजता र बाहिरी बनावटले यो स्कुटर निकै उत्कृष्ट छ,’ उनले भने।

कम्पनीका अनुसार परम्परागत स्वरूप र आधुनिक सुविधाको संयोजन रहेको यस स्कुटरको मूल्य भेस्पा १५० को ४ लाख ३५ हजार रुपैयाँ र भेस्पा एस १५० को ४ लाख ५१ हजार रुपैयाँ तोकिएको छ। साथै, चाडपर्वलाई लक्षित गर्दै कम्पनीले ल्याएको ‘दशैंको दक्षिणा’ योजनाअन्तर्गत ग्राहकले १ लाख रुपैयाँसम्मको नगद छुट, पुरानो स्कुटर एक्सचेन्जमा २५ हजारसम्मको अतिरिक्त लाभ, ‘अनर एक्स५ प्ले’ स्मार्टवाच उपहार तथा शून्य सेवा शुल्कमा फाइनान्स सुविधा प्राप्त गर्न सक्नेछन्।

NECO

Leave Your Comment

Related News