सामान्य अंकले बढ्यो नेप्से, साढे ५ अर्बको कारोबार

काठमाडौं । आज सोमबार सेयरबजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से सूचक ८.९० अंकले बढेर २०८२.०९ विन्दुमा पुगेको छ ।

नेप्से बढ्दा आज ५ अर्ब ४९ करोड बढीको कारोबार भएको छ । आज कारोबारमा आएका ३१४ कम्पनीको १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका कम्पनीमध्ये कुथेली बुखरी हाइड्रोपावर र त्रिशुली जलविद्युत कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । यी दुइ कम्पनीबाहेक  पिपुल्स पावर, मोलुङ हाइड्रो र सुपर माई हाइड्रोका लगानीकर्ताले आज बढी कमाएका छन् ।

बढी कारोबार हुनेमा एनआरएन इन्फ्रस्टक्चर कम्पनी, माउन्टेन इनर्जी, जानकी फाइनान्स लगायतका कम्पनी छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार