CLI
Global College

कामना सेबा बिकास बैङ्कको संस्थापक शेयर बिक्रिमा

काठमाडौं ।  कामना सेवा विकास बैंकको ७८, ३१९/- कित्ता संस्थापक सेयर बिक्री मा रहेको छ । उक्त संस्थापक सेयर खरिद गर्ने पहिलो प्राथमिकता बिध्यमान संस्थापक शेयर धनिको भएको जनाउदै  खरिद गरी लिन इच्छुक साविक संस्थापक सेयरधनीलाई आजको ३५ दिन भित्र आवश्यक कागज प्रमाण संलग्न गरी बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आफुले खरिद गर्न चाहेको मुल्य सहित व्यहोरा खुलाई आबेदन माग गरेको छ  ।

बैङ्कले बिध्यमान सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन प्राप्त नभएमा प्रचलित कानून बमोजिम बाह्य खरिद कर्तालाई संस्थापक सेयर बिक्रीका लागि प्रक्रिया अगाडि बढाइने बैङ्कले जनाएको छ ।

 

Leave Your Comment

Related News