बैंक तथा वित्तीय संस्थाद्धारा करिब २ खर्ब सहुलियतपूर्ण कर्जा वितरण

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले करिब २ खर्ब सहुलियतपूर्ण कर्जा वितरण गरेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ९८ अर्ब ९८ करोड ७० लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा वितरण गरेको छ । बैंक तथा वित्तीय संस्थाले उक्त कर्जा १ लाख २६ हजार १ सय ९१ जनालाई वितरण गरेको बताइएको छ ।

राष्ट्र बैंकले २० वटा वाणिज्य बैंक १९ वटा विकास बैंक, १८ वटा वित्त कम्पनी र ५७ वटा लघुवित्त कम्पनीहरुमार्फत् उक्त कर्जा प्रवाह गरेको जनाएको छ । बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको निर्देशन अनुरुप व्यवसायिक कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवासाय विकास लगातका १० वटा शीर्षूकमा उक्त कर्जा प्रदान गर्दै आएको छ । समीक्षा अवधिमा व्यवसायिक कृषि तथा पशुपन्छी कर्जास्वरुप १ खर्ब १८ अर्ब ८० करोड ७३ लाख ४४ हजार रुपैयाँ, शिक्षित युवा स्वरोजगार कर्जास्वरुप ६ करोड २ लाख ५१ हजार रुपैयाँ , विदेशबाट फर्केका युवा परियोजना कर्जास्वरुप ६५ करोड ३३ लाख १५ हजार रुपैयाँ, महिला उद्यमशीलता कर्जास्वरुप ७७ अर्ब ५१ कबरोड ३१ लाख २६ हजार रुपैयाँ र दलित समुदाय व्यवासाय विकास कर्जा स्वरुप ६२ करोड १९ लाख ९५ हजार रुपैयाँ वितरण गरिएको छ । त्यस्तै, समिक्षा अवधिमा उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जास्वरुप ३ करोड ६७ लाख ६१ हजार रुपैयाँ, भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जास्वरुप ३ करोड ५६ लाख १६ हजार रुपैयाँ, कपडा उद्योग सञ्चालनका लागि कर्जास्वरुप १ अर्ब २४ करोड २९ लाख ३४ हजार रुपैयाँ ,प्राविधिक तथा व्यवसायिक तालिम परिषदबाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिम कर्जा स्वरुप ४ लाख रुपैयाँ र युवा स्वरोजगार कर्जास्वरुप १ करोड ५२ लाख ९७ हजार रुपैयाँ वितरण गरिएको छ । उक्त रकम अर्थात् व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा ४९ हजार ६३ जना, शिक्षित युवा स्वरोजगार कर्जा १ सय १९ जना, विदेशबाट फर्केका युवा परियोजना कर्जा ७ सय ९५ जना, महिला उद्यमशील कर्जा ७४ हजार ९ सय ४२ जना, दलित समुदाय व्यवासाय विकास कर्जा ८ सय ८३ जनालाई प्रदान गरिउको हो । त्यस्तै, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा १ सय ५ जना, भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा १ सय ३४ जना, कपडा उद्योग सञ्चालनका लागि कर्जा १ सय जना, प्राविधिक तथा व्यवसायिक तालिम परिषदबाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिम कर्जा २ जना र युवा स्वरोजगार कर्जा ४८ जनालाई वितरण गरिएको छ ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा वाणिज्य बैंक, विकास बैंक, वित्त र लघुवित्तले उक्त कर्जा वितरण गरेको हो । वाणिज्य बैंकले १ खर्ब ७० अर्ब ७५ करोड ९५ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा वितरण गरेको हो । वाणिज्य बैंकले उक्त कर्जा १ लाख ७ हजार ७ सय तीन जना ऋणीलाई वितरण गरेको हो । विकास बैंकले २५ अर्ब १८ करोड १ लाख ९६ हजार रुपैयाँ सहुलियतपूर्ण कर्जा वितरण गरेको छ । विकास बैंकले उक्त कर्जा १६ हजार ६ सय ८० जना ऋणीलाई वितरण गरेको हो । वित्त कम्पनीहरुले २ अर्ब ९७ करोड ३३ लाख ४३ हजार रुपैयाँ सहुलियतपूर्ण कर्जा वितरण गरेको हो । वित्त कम्पनीहरुले उक्त कर्जा १ हजार ७ सय ३३ जना ऋणीलाई वितरण गरेको हो । र लघुवित्तहरुले ७ करोड ३९ लाख ४० हजार रुपैयाँ सहुलियतपूर्ण कर्जा वितरण गरेका छन् । लघुवित्तहरुले उक्त सहुलियतपूर्ण कर्जा ७५ जना ऋणीलाई वितरण गरेको हो ।

सरकारले समीक्षा अवधिमा सहुलियतपूर्ण कर्जाका लागि कुल ब्याज अनुदान रकम वापत् २२ अर्ब ३९ करोड ८ लाख १६ हजार रुपैयाँ बैंक तथा वित्तीय संस्थालाई प्रदान गरेको छ । मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने उद्देश्यका साथ सरकारले विभिन्न क्षेत्रका लागि सहुलियतपूर्ण कर्जाको अभ्यास गरेको हो । सरकारले सहुलियतपूर्ण कर्जाको अभ्यास गरे पनि त्यसले मुलुकको अर्थतन्त्रमा प्रभाव पार्ने खालका परिणामा भने निकाल्न नसकेको विज्ञहरु बताउछन् ,त्यसैले गर्दा यसमा आवश्यक अध्ययन अनुसन्धान गरी अघि बढ्नु पर्ने देखिन्छ । बैंक तथा वित्तीय संस्थाले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धि एकिकृत कार्यविधि २०७५ अनुरुप मागका आधारमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्दै आएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार