सेबोन अध्यक्ष नियुक्ति प्रकरण : प्रक्रिया रद्द गर्न सर्वोच्चको अल्पकालिनआन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया अगाडि नबढाउन अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

यस अघि सरकारले बार्ड अध्यक्षका लागि प्रक्रिया सुरु गरेर अन्तरवार्ता र प्रस्तुतिकरणका लागि  छनौट भएका ५ मध्ये ३ जना सहभागी नभएको भनि प्रक्रिया रद्द  गरेर पुन प्रक्रिया सुरु गरेकोमा अगाडि बढेको प्रक्रिया रद्द नगर्न र पुन छनौट प्रक्रिया अगाडी नबढाउन सर्वोच्च अदालतले अल्पकालिन आन्तरिम आदेश जारी गरेको हो ।

सरकारले गरेको अध्यक्ष छनौट प्रक्रियामा सहभागी भएर  सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठले प्रक्रिया रद्द गर्ने सरकारको कदम विरुद्द  सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, सिफारिस समिति बिरुद्द रिट दायर गरेका थिए ।

सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा  सुनुवाई भएको थियो ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार