CLI
Global College

सूर्यज्योति लाइफ इन्स्योरेन्सले पठायो, बोनस शेयर शेयरधनीको हितग्राही (डिम्याट) खातामा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७९/८० को बोनस शेयर शेयरधनीको हितग्राही (डिम्याट) खातामा पठाएको छ।

कम्पनीले एक सूचना प्रकाशित गर्दै आर्थिक २०७९\८० को १०.२६ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरिएको बताएको छ । उक्त बोनस शेयर गत वैशाख २१ गते सम्पन्न कम्पनीको १६ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेको थियो।

कम्पनीका अनुसार बोनस शेयर सीडीएससीमा दर्ता तथा नेप्सेमा सूचीकृत भई अभौतिक रुपमा कारोबार हुने छ । गत वैशाख ६ सम्म  कायम शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा भने क्रमशः बोनस शेयर जम्मा गर्दै जाने जनाएको छ। वैशाख ६ गतेसम्म धितो राखी कर्जा लिएका शेयरधनीहरुले सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममा नै रोक्का जनाई शेयरधनीहरुको हितग्राही खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न पनि शेयरधनीहरुलाई कम्पनीले आग्रह गरेको छ।

 

Leave Your Comment

Related News