काठमाडौं । साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले बढेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २१.२७ अंकले बढेर २१४०.९७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.५२ अंकले बढेर ३७८.२२ विन्दुमा पुगेर बन्द भएको छ ।
आइतबार १५० कम्पनीको सेयर मूल्य बढ्दा ८२ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १५ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आइतबार ३२५ वटा कम्पनीको १ करोड ४० लाख १४ हजार ६२२ कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम भने ६ अर्ब २९ लाख ३१ हजार रुपैयाँ पुगेको छ ।
बजार पूँजीकरण रकम भने ३३ खर्ब ९५ अर्ब ९६ करोड ११ लाख रुपैयाँ रहेको छ ।
आइतबार १३ वटा समूह परिसूचक मध्ये १० वटा समूहको सेयर मूल्य बढ्दा बाँकी ३ वटा समूहको सेयर मूल्य घटेको हो । बैकिङ ८.९०, होटल र पर्यटन १६०.७७, जलविद्युत ०.३४, लगानी १.४६, जीवन बीमा १५६.०२, उत्पादन र प्रशोधन ७५.८९, लघुवित्त ६६.४४, म्युअुचल फण्ड ०.०६,निर्जीवन बीमा १४१.९१ र अन्य समूह ३६.२९ अंकले बढेको हो भने विकास बैंक १०.८३, वित्त ५३.७९ र व्यापार ६९.४२ अंकले घटेको हो ।
आइतबार सबैभन्दा बढी सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नेशनल लघुवित्त वित्तीय संस्था, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले कमाउदा गुमाउनेमा भने मेलुङ खोला जलविद्युत कम्पनी, गुडवील फाइनान्स र आइसीएफसी फाइनान्सका लगानीकर्ता रहे । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १०७८ रुपैयाँ ८० पैसा, नेशनल लघुवित्त वित्तीय संस्थाको १३६० रुपैयाँ, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थको १३६९ रुपैयाँ ९० पैसामा कारोबार भएको छ भने मेलुङ खोला जलविद्युत कम्पनीको ६६१ रुपैयाँ ५० पैसा, गुडवील फाइनान्स ६३३ रुपैयाँ र आइसीएफसी फाइनान्सको ६१६ रुपैयाँ १० पैसामा कारोबार भएको छ ।
सबैभन्दा बढी कारोबार हुनेमा एनआरएन इनफ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड, हिमालयन रिइन्स्योरेनस लिमिटेड, सीइडीबी हाइड्रोडेभलपमेन्ट कम्पनी, गुडवील फाइनान्स र सानिमा जिआइसी इन्सुरेन्स लिमिटेड रह्यो । एनआरएन इनफ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको २१ करोड ७१ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेनस लिमिटेडको १५ करोड ५० लाख रुपैयाँ, सीइडीबी हाइड्रोडेभलपमेन्ट कम्पनीको १३ करोड ८७ लाख रुपैयाँ, गुडवील फाइनान्सको ११ करोड ५९ लाख रुपैयाँ र सानिमा जिआइसी इन्सोरेन्सको ११ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भयो ।