RE
Global College

२३ अंकले बढ्यो नेप्से, बलेफी हाइड्रोपवारको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक २३.२५ अंकले बढेको छ। बुधबार नेप्से १.०८ प्रतिशतले बढेर २१७५.४० विन्दुमा पुगेको छ।

आज ३२२ कम्पनीको सेयर ७२ हजार ७१४ पटक कारोबार भएको छ। १ करोड ५२ लाख ९६ हजार ७३९ कित्ता सेयर किन बेच हुँदा ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार रुपैयाँको करोबार भएको छ।
नेप्सेमा विकास बैंक उपसमूह बाहेक सबै उपसमूह बढेको छ। विकास बैंक उपसमूह १३.२० अंकले घटेर ४४५७.४१ विन्दुमा झरेको छ। आज सबैभन्द धेरै नन् लाईफ इन्स्योरेन्स इन्स्योरेन्स १४१.१६ अंकले बढेर ११०३०.३१ विन्दुमा आईपुगेको छ।
बलेफी हाइड्रो पावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर ३८३.२० रुपैयाँमा पुगेको छ।
बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर ६६७.८० रुपैयाँ झरेको छ।
NECO

Leave Your Comment

Related News