CLI
Global College

सेयर बजारमा राजनीतिक प्रभाव २२ सय अंकले नाघ्यो नेप्से, ७ अर्बको कारोबार

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहालको सत्ताबाट बार्हिगमन तथा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको दाबेदारी भए सँगै त्यसको असर सेयर बजारमा परेको छ । अझै प्रधानमन्त्री परिवर्तन भन्दा पनि विष्णु पौडेले अर्थमन्त्री बन्ने चर्चा सँगै सेयर बजार प्रभावित बनेको सरोकारावालाहरु बताउछन् ।

राजीनितक परिवर्तन सँगै प्रभावित बन्न पुगेको सेयर बजार बिहीबार बढेको छ । साताको अन्तिम दिन बिहीबार सेयर बजार २९.२१ अंकले बढेर २२०४.६१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.९० अंकले बढेर ३९१.६६ विन्दुमा पुगेर बन्द भएको हो ।

बिहीबार १५४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७८ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १२ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । बिहीबार ३३१ वटा कम्पनीको २ करोड २ लाख ३७ हजार ७८० कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम भने ७ अर्ब ८ करोड ६ लाख ९८ हजार १४६ रुपैयाँ रह्यो ।
बिहीबार १३ वटा समूह परिसूचक मध्ये ११ वटा समूह परिसूचक सकारात्मक रहँदा २ वटा समूह परिसूचक नकारात्मक रह्यो ।
बैकिङ २८.२७, विकास बैंक ७.९२, वित्त ७.८८, होटल र पर्यटन ३३.६३, जलविद्युत ३७.६३, लगानी ०.४१, जीवन बीमा ३१८.६९, उत्पादन र प्रशोधन ४.७५, म्युअुचल फण्ड ०.३६, निर्जीवन बीमा १११.९० र अन्य समूह २५.४२ अंकले बढेको छ । लघुवित्त २५.९१ र व्यापार ११.९५ अंकले घटेको हो ।

बिहीबार सबभैन्दा बढी कारोबार हुनेमा सीइडीबी हाइड्रोपावर कम्पनी,ग्लोबल आइएमइ बैंकको प्रोमोटर सेयर, हिमालयन रिइन्स्योरेन्स, सानिका जर्नल इन्स्योरेन्स र एनआरएन डेभलपमेन्ट बैंक रह्यो । सीइडीबी हाइड्रोपावर कम्पनीको १५ करोड २५ लाख रुपैयाँ,ग्लोबल आइएमइ बैंकको प्रोमोटर सेयरको १४ करोड ८८ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको १२ करोड ७९ लाख रुपैयाँ, सानिमा जर्नल इन्स्योरेन्सको १२ करोड ६८ लाख रुपैयाँ र एनआरएन डेभलपमेन्ट बैंकको ११ करोड ७९ लाख रुपैयाा बराबरको कारोबार भयो ।

बिहीबार सबैभन्दा बढी कमाउनेमा बलेफी हाइड्रोपावर, सिटिजनस म्युअुचल फन्ड, नबिल स्टेबल फन्ड, जानकी फाइनान्सका लगानीकर्ता रहे भने सबैभन्दा बढी गुमाउनेमा समाज लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त वित्तीय संस्था र एनएमबी फन्डका लगानीकर्ता रहे । सकारात्मक सर्किट लागेको बलेफी हाइड्रोपावर ३८रुपैयाँ ३० पैसा बढेर ४२१रुपैयाँ .५० पैसा , सिटिजनस म्युअुचल फन्ड ९रुपैयाँ .७१ पैसा, नबिल स्टेबल फन्ड ९रुपैयाँ .५० पैसा, जानकी फाइनान्स ७५५रुपैयाँ .८० पैसामा कारोबार भयो । समाज लघुवित्त वित्तीय संस्था १४१ रुपैयाँले घटेर २९३२ रुपैयाँ, साधना लघुवित्त वित्तीय संस्था ५१ रुपैयाँले घटेर १०६७ रुपैयाँ र एनएमबी फन्ड ०.४३ पैसाले घटेर ९रुपैयाँ .९८ पैसामा कारोबार भयो ।

 

Leave Your Comment

Related News