RE
Global College

नेप्सेमा उछाल : २२ सय बिन्दुले नाघ्यो, ८ अर्बको कारोबार

काठमाडौं । सत्ता समिकरण फेरबदल सँगै सेयर बजार प्रभावित भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार निर्माण सँगै अर्थमन्त्री परिवर्तन हुने भए सँगै लगानीकर्ताहरुले सेयर बजार बढाएका छन् । सत्ता समिकरण फेरबदल सँगै साताको पहिलो दिन सेयर बजार ५२.९७ अंकले बढे २२५७.५९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको कम्पनी मापन सेन्सेटभि इन्डेक्स ९.५९ अंकले बढेर ४०१.२५ विन्दुमा पुगेर बन्द भएको छ ।

आइतबार २०१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३६ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आइतबार ३०९ वटा कम्पनीको २ करोड २० लाख ४७ हजार ३२७ कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम भने ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार रुपैयाँ पुग्यो ।बजार पूँजीकरण रकम भने ३५ खर्ब ८० अर्ब ९३ करोड ६४ लाख रुपैयाँ पुग्यो ।
२२ सय विन्दु नाघेको सेयर बजारका १३ वटा समूह उपसूकहरु शतप्रतिशतले बढे । बैंक ४४.७२, विकास बैंक ५३.८४, वित्त ३४.४४, होटल र पर्यटन ५९.९२, जलविद्यु्त ८८.३०, लगानी १.०५, जीवन बीमा २२०.८५, उत्पादन र प्रशोधन १७४.३७, लघुवित्त ४०.१३, म्युअुचल फन्ड ०.३४, निर्जीवन बीमा १४०.४८, व्यापार ६६.३१ र अन्य समूह ३३.४८ अंकले बढ्यो ।

आइतबार सबैभन्दा बढी कारोबार हुनेमा जानकी फाइनान्स, एनआरएन बैंक, ग्लोबल आइएमइ बैंक प्रोमोटर सेयर, नेपाल फाइनान्स र हिमालयन रिइन्स्योरेन्स कम्पनी रहे । जानकी फाइनान्सको २४ करोड २७ लाख रुपैयाँ, एनआरएन बैंकको २१ करोड २७ लाख रुपैयाँ, ग्लोबल आइएमइ बैंक प्रोमोटर सेयरको २० करोड ७५ लाख रुपैयाँ, नेपाल फाइनान्सकाृ १९ करोड १७ लाख रुपैयाँ र हिमालयन रिइन्स्योरेन्स कम्पनीको १५ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

आइतबार रिडी पावर कम्पनी, माण्डु हाइड्रोपावर, जानकी फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । आइतबार सबैभन्दा बढी गुमाउनेमा बलेफी हाइड्रोपावर ५.१२ प्रतिशत, प्राइम डिबेन्चर ४.११ प्रतिशत, एनआइसी एशिया सेलक्ेट फन्ड ३० ३.०५,सप्तकोशी विकास बैंक २.६८ प्रतिशत र सिजिन्स सुपर ३० म्युअुचल फन्ड २.२७ प्रतिशतले सेयर मूल्य घट्यो ।

NECO

Leave Your Comment

Related News