CLI
Global College

नेप्सेमा करेक्सन, कारोबार रकम पौने २२ अर्ब

काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य करेक्सन आएको छ। आज नेप्से ५.२९ अंकले घटेर २७५५.६२ अंकमा बन्द भएको छ।

आज ३३२ कम्पनीको शेयर २ लाख २९ हजार ८१३ पटक करोबार भएको छ। ५ करोड १३ लाख २१ हजार ६२९ कित्ता शेयर किन बेच हुँदा २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ।

करोबार भएका कम्पनी मध्ये ७४ को शेयर मूल्य बढेको छ भने १६४ कम्पनीको मूल्य घट्दा तीन वटाको भने स्थिर रहेको छ।

आज फाइनान्स, होटल एण्ड टुरिजम, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स, म्यूचल फण्ड, नन् लाइफ इन्स्योरेन्स उपसमूह बढेका छन्। भने बैंकिङ, डेभलपमेन्ट बैंक, हाइड्रोपावर, उत्पादन मुलक, अन्य र ट्रेडिङ उप समूह घटेका छन्।

वित्त ६२.११, होटल र पर्यटन २६.०२, लगानी २.९३, जीवन बीमा ४७४.७२, म्युअुचल फण्ड ०.२४ र निर्जीवन बीमा २३१.५० अंकले बढेको छ भने बैकिङ २२.०८, विकास बैंक ४३.२८, जलविद्युत ६४.१८, उत्पादन र प्रशोधन ८३.४६, उत्पादन ८३.४६, लघुवित्त ४४.९५, व्यापार १३३.९३ र अन्य ४.६७ अंकले घटेको छ ।

त्यस्तै बिहीबार सबैभन्दा बढी कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स, शिवम सिमेन्ट, सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नेपाल फाइनान्स र नेपाल पूर्वाधार बैंक (निफ्रा) को सबैभन्दा बढी कारोबार भयो । हिमालयन रिइन्स्योरेन्सको ५९ करोड ७५ लाख रुपैयाँ, शिवम सिमेन्टको ४३ करोड ८१ लाख रुपैयाँ, सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ४२ करोड ५६ लाख रुपैयाँ, नेपाल फाइनान्सको ४१ करोड ६७ लाख रुपैयाँ र नेपाल पूर्वाधार बैंक (निफ्रा) को ४१ करोड ४२ लाख रुपैयाँ रहेको छ ।

Leave Your Comment

Related News