CLI

आइतबारदेखि सर्वोत्तम सिमेन्टका संस्थागत लगानीकर्ता तथा म्युचल फण्डले शेयर बेच्न पाउने

काठमाडौं । सर्वोत्तम सिमेन्टका संस्थागत लगानीकर्ता तथा सामूहिक लगानी कोषहरु (म्युचल फण्ड) लागि छुट्टयाइएको साधारण शेयरको लक–ईन अवधि शुक्रबार (साउन २५ गते) सकिने भएको छ। कम्पनीले बिहीबार सार्वजनिक सूचना मार्फत संस्थागत लगानीकर्ता तथा म्युचल फण्डको लक–ईन अवधि साउन २५ गतेदेखि समाप्त हुने जानकारी दिएको छ।

सर्बोत्तम सिमेन्टले ४ करोड ६५ लाख कित्ता साधारण शेयर जारी गरेको छ। जसको १२.९०३३ प्रतिशत हुने आउने कुल ६० लाख कित्ता साधारण शेयर मध्ये ४० प्रतिशत अर्थात २४ लाख कित्ता संस्था योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँड गरी सर्वसाधारणका लागि निष्काशन गर्न छुट्याईएको शेयर मध्येको ५ प्रतिशत अर्थात १ लाख ५४ हजार २२७ कित्ता शेयर म्युचल फण्डहरुको लक–ईन अवधि सकिएको हो।

नेपाल धितोपत्रा बोर्डले २०८० कात्तिक २५ गते संस्थागत लगानीकर्ता तथा म्युचल फण्डहरुमा बाँडफाँड भएको शेयर ६ महिनासम्म लक–ईनमा राख्न निर्देशन दिएको थियो। उक्त निर्देशन अनरुप अब सर्बोत्तमका संस्थागत लगानीकर्ता तथा म्युचल फण्डले आफ्नो भागमा परेको २५ लाख ५४ हजार २२७ कित्ता शेयर बिक्री गर्ने बाटो खुल्ला भएको छ।

Leave Your Comment

Related News