CLI
Global College

६.७० अंकले बढ्यो नेप्से, कारोबार रकम २० अर्ब माथि

काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य अंकले बढेको छ। आज नेप्से ६.७० अंकले बढेर २७६६.३८ विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स ०.२१ अंक र फ्लोड इन्डेक्स ०.३४ अंकले बढ्दा सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१३ अंकले घटेको छ।

आज कुल २४२ कम्पनीको शेयर कारोबार हुँदा ७९ कम्पनीको मूल्य बढ्दा १५९ को घटेको छ भने ४ कम्पनीको शेयर मूल्य स्थिर रहेको नेप्सेमा देखिन्छ। आज ५ करोड ९ लाख ४६ हजार कित्ता शेयर किन बेच हुँदा २० अर्ब ७ करोड ४ लाख ३४ हजार रुपैयाँको कारोबार भएको छ।

आज कणार्ली विकास बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मिड सोलु हाइड्रोपावर, सोनापुर मिन्र्सल एण्ड आयल, सर्बोत्तम सिमेन्ट, कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा सकारात्म सर्किट लागेको छ।

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.०४ प्रतिशतले घटेको छ।

 

Leave Your Comment

Related News