RE
Global College

दुई मनिचेञ्जरको इजाजतपत्र रद्द

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई मनिचेञ्जरको इजाजतपत्र रद्द गरेको छ। राष्ट्र बैंकले रेन्चो मनि एक्स्चेञ्ज ठमेल, काठमाडौं र कसा मनि एक्स्चेञ्ज पुल्चोक, ललितपुरको इजाजतपत्र रद्द गरेको हो।

यी दुई मनिचेञ्जरले समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गरिएको राष्ट्र बैंकले सूचना मार्फत जानकारी दिएको छ।

मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियावली, २०७७ (चौथो संशोधनसहित)को विनियम १९ को उप–विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गरिएको हो।

NECO

Leave Your Comment

Related News