RE
Global College

भदौमा दुई बैंकको ब्याज बढ्दा १२ वटाले घटाए, कुन बैंकमा पैसा जम्मा गर्दा कति ब्याज

काठमाडौं । वाणिज्य बैंकहरुले भदौका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। अधिकांश वाणिज्य बैंकहरुले भदौका लागि ब्याजदर घटाएका छन्। सञ्चालनमा रहेका २० वाणिज्य बैंक मध्ये १२ वटाले ब्याजदर घटाएका छन् भने दुईले बढाउँदा ६ वटाले भने आफ्नो ब्याजदर स्थिर राखेका छन्।

भदौमा निक्षेपकर्तालाई सबैभन्दा बढी ब्याज दिने बैंकका रुपमा एनएमबि र एनआईसी एशिया देखिएका छन्। दुबै बैंकले निक्षेपमा ७.४१ प्रतिशत ब्याज प्रदान गर्छन्। नेपाल बैंकमा पैसा जम्मा गर्दा निक्षेपकर्ताले सबैभन्दा कम ५.२५ प्रतिशत मात्र ब्याज पाउँछन्।

नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार बैंक तथा वित्तीय संस्थाहरुले अघिल्लो महिना लागू हुने ब्याजदर पछिल्लो महिनाको मसान्तसम्म सार्वजनिक गर्नुपर्छ। सोही प्रावधानअनुसार बैंकहरुले भदौका लागि ब्याजदर सार्वजनिक गरेका हुन्।

वाणिज्य बैंकहरुको ब्याजदर

 

NECO

Leave Your Comment

Related News