CLI
Global College

नेसनल फन्डले रद्द गर्यो प्रिमियमा अवितरित हकप्रद शेयर बेच्नेको योजना

काठमाडौं । नेसनल फन्ड म्यानेजमेन्टको अवितरित हकप्रद शेयर बेच्ने प्रक्रिया रद्द गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गरी हिजो (भदौ ६ गते) जारी गरिएको अवितरित हकप्रद शेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्ने सूचना हाललाई रद्द गरेको सुचना जारी गरेको छ ।

हिजोको सुचनामा नबिकेको हकप्रद शेयर अंकित मूल्यमा ५० रुपैयाँ प्रिमियम थप गरी लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएकोले सोही मूल्यमा खरिद गर्न इच्छुकबाट आबेदन माग गरेको थियो ।  कुनै पनि सूचीकृत भएको वा नभएको कम्पनीले तोकिएको अंकित मूल्यमा बिक्री नभएको हकप्रद शेयरमा प्रिमियम मूल्य थपेर फेरि लिलामी प्रक्रियामार्फत बिक्री गर्न पाउने कानुनी व्यावस्था रहेको छैन ।

सेबोनले नेसनल फन्डलाई नियमविपरीत प्रिमियममा अवितरित हकप्रद शेयर बेच्ने प्रक्रिया रोक्न निर्देशन दिएको थियो। सोही निर्देशनका आधारमा  कम्पनीले अवितरित हकप्रद शेयर लिलामी प्रक्रियामार्फत बेच्ने योजना रद्द गरेको हो।

कम्पनीले गत असार १९ गतेदेखि साउन २२ गतेसम्म चुक्तापुँजीको २.१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो । कम्पनीले अंकित मूल्य ५० रुपैयाँमा ५४ लाख कित्ता शेयर बिक्री खुला गरेको थियो ।

कम्पनीले हाल कायम संस्थापक शेयरधनीका साथै योग्य व्यक्ति तथा संघसंस्थाले खरिद आवेदन दिन सक्ने व्यवस्था गरेको थियो। लगानीकर्ताले न्यूनतम २० हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्ने भनिएको थियो ।

कम्पनीको धितोपत्र बिक्री प्रबन्धकमा भने सानिमा क्यापिटल रहेको छ।

 

Leave Your Comment

Related News