CLI
Global College

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम ४७ करोडले बढ्यो

काठमाडौं । शेयर बजार मंगलबार पनि बढेको छ । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ६.९० अंकले बढेर २८३०.१६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.०६ अंकले बढेर ५०४.८९ विन्दुमा पुगेर बन्द भएको हो ।

सोमबारको तुलनामा मंगलबार कारोबार रकम ४७ करोड २४ लाख ७४ हजार रुपैयाँले बढेको छ । मंगलबार ३२८ वटा कम्पनीको ३ करोड ५ लाख ९९ हजार ९८० कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम १३ अर्ब ५७ करोड ७१ लाख ५ हजार रुपैयाँ रह्यो । सोमबार भने ३३५ वटा कम्पनीको शेयर ३ करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम भने १३ अर्ब १० करोड ४६ लाख ३१ हजार रुपैयाँ रहेको थियो ।

मंगलबार १०६ वटा कम्पनीको शेयर मूल्य बढ्दा १३३ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

१३ वटा समूह सूचक मध्ये ५ वटा समूहको शेयर मूल्य बढ्दा बाँकी ८ वटा समूहको शेयर मूल्य घटेको छ । विकास बैंक ७४.०८, होटेल र पर्यटन ४७.७४, जीवन बीमा ३१८.३१, लघुवित्त १८.८६ र निर्जीवन बीमा ६४९.८० अंकले बढ्दा बैकिङ ७४.०८,वित्त ५८.४६, जलविद्युत १७.६९, लगानी ०.५१ , उत्पादन र प्रशोधन १०.८८, व्यापार १५.९५ र अन्य समूह ४.०३ अंकले घटेको छ ।

मंगलबार सबैभन्दा बढी कारोबार हुनेमा एनएलजी इन्स्योरेन्स कम्पनी, गुडवील फाइनान्स लिमिटेड, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, अपि पावर कम्पनी र हिमालयन रिइन्स्योरेन्स लिमिटेड रहेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीको ३४ करोड ७२ लाख रुपैयाँ, गुडवील फाइनान्स लिमिटेडको २९ करोड ५४ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको २८ करोड २६ लाख रुपैयाँ, अपि पावर कम्पनीको २६ करोड ४४ लाख रुपैयाँ र हिमालयन रिइन्स्योरेन्स लिमिटेडको २५ करोड ३७ लाख रुपैयाँ बराबर करोबार भएको छ ।

Leave Your Comment

Related News