RE
Global College

दोहोरो अंकले घटेको शेयर बजारमा ४७ करोडले कारोबार रकम बढ्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक २५.४६ अंकले घटेर २७०१.९० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.६३ अंकले घटेर ४७९.७२ विन्दुमा पुगेर बन्द भएको हो ।

आइतबार बिहीबारको तुलनामा कारोबार रकम भने ४७ करोड ८ लाख ९५ हजार रुपैयाँले बढेको छ । आइतबार ३२८ वटा कम्पनीको कारोबार रकम १० अर्ब १२ करोड २४ लाख ८ हजार रुपैयाँ रहेको छ । आइतबार २ करोड २२ लाख ६२ हजार ९२४ कित्ता शेयर कारोबार भएको थियो । बिहीबार ३१६ वटा कम्पनीको कारोबार रकम ९ अर्ब ६५ करोड १५ लाख १३ हजार रुपैयाँ रहेको थियो ।

आइतबार ८५ वटा कम्पनीको शेयर मूल्य बढ्दा १५७ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ३ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

आइतबार १३ वटा समूह सूचक मध्ये ३ वटा समूहको शेयर मूल्य बढ्दा बाँकी १० वटा समूहको शेयर मूल्य घटेको छ । उत्पादन र प्रशोधन ३६, लघुवित्त ६३ र म्युअुचल फण्ड ०.०४ अंकले बढ्दा बैकिङ २४.१३, विकास बैंक ११५, वित्त ४३ , होटल र पर्यटन ९९, जलविद्युत २०, लगानी ०.५९ , जीवन बीमा १९३, , निर्जीवन बीमा १७७, व्यापार ४७ र अन्य समूह २७ अंकले घटेको छ ।

आइतबार सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रोमोटर, ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड, गुडविल फाइनान्स र एनएलजी इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी कारोबार भयो । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ४२ करोड १९ लाख रुपैयाँ, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रोमोटरको ३५ करोड ८१ लाख रुपैयाँ, ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको ३५ करोड ५६ लाख रुपैयाँ, गुडविल फाइनान्सको ३३ करोड ७४ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्स कम्पनीको २८ करोड ३७ लाख रुपैयाँ बराबर करोबार भयो ।

NECO

Leave Your Comment

Related News