RE
Global College

महुली लघुवित्तको ३८ हजार ९६५ कित्ता सेयर बिक्रीमा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ३८ हजार ९६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ।

चार संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर बिक्रीमा बिक्रीमा राखिएको हो।

बहालवाला संस्थापक सेयर सदस्यले मात्र यो सेयर खरिद गर्न पाउनेछन्। तर, ३५ दिनभित्र सेयर नबिकेमा भने सर्वसाधारणका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी सप्तरीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।

NECO

Leave Your Comment

Related News