RE
Global College

दिपेन्द्र अग्रवालले १६ करोड नतिरेको भन्दै सिआइबीमा उजुरी

काठमाडौं । ब्रोकर कम्पनी सिप्ला सेक्युरिटिजले सेयर लगानीकर्ता दिपेन्द्र अग्रवालले १६ करोड रूपैयाँ नतिरेको भन्दै उनी विरूद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा मुद्दा दायर गरेको छ।

मुद्दा दायर गरेको भन्दै ब्रोकर कम्पनीले नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, नेपाल धितोपत्र बोर्ड, स्टक ब्रोकर एसोसिएसन, जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त मालि गाउँलाई समेत बोधार्थ गर्दै पत्र पठाएको छ। पत्र प्राप्त भएको नेप्सेले जानकारी दिएको छ । ब्रोकर कम्पनीहरूलाई सिप्ला सेक्युरिटिज कम्पनीले अलग्गै पत्र समेत पठाएको छ।

सिप्लाले पठाएको पत्र अनुसार हिसाब फरफारक गर्नका लागि असोज ४ गते ग्लोबल बैंकको शाखामै पुग्दा पनि अग्रवालले शाखा प्रबन्धकसँग आफैँ कुरा मिलाएर आउँछु भन्दै चेक लिएर फरार भएको बताइएको छ। हिसाब मिलान गर्न नचाहेर धोखा दिएर भाग्ने अग्रवालालाई उपस्थित गराएर चेक फिर्ता गराउनुका साथै उचित कारबाही गर्नका लागि समेत सिप्लाले आग्रह गरेको छ ।

 

NECO

Leave Your Comment

Related News