CLI
Global College

नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि पुन अन्तर्वार्ता आव्हान

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनको निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले अध्यक्ष को लागि आवेदन दिएका आवेदक मध्ये संक्षिप्त सूचीमा समावेश भएका आबेदकहरुलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ताको लागि पुन बोलायको छ ।

समितिले व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ताको लागि बोलाएका उमेद्वारमा कृष्ण बहादुर कार्की, चिरन्जीवी चापागाई, र डा. नवराज अधिकारी रहेका छन् ।

अघिल्लो सरकारको पालामा उनीहरुले अन्तर्वार्ताको समयमा उपस्थित भएका थिएनन् पाँच जना सक्षिप्त सुचीमा रहेको मध्ये तिनजना अन्तर्बार्तामा सहभागी नभए पश्चात बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया राेकिएको थियो ।

सिफारिस समितिले तिन पात्रलाई २०८१ असोज १८ गते बिहान ८ बजे अन्तर्वार्ताको लागि बोलाएको हो । अन्तर्बार्ता पश्चात सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्नेछ । सिफारिस तिन मध्ये मन्त्री परिषद्को वैठकले १ जनालाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने छ ।

संक्षिप्त सुचीमा रहेका ५ मध्ये २ ले यस अघि नि अन्तवार्ता र कार्ययोजना प्रस्तुतिकरण गरीसकेका छन् ।

Leave Your Comment

Related News