RE
Global College

निर्मलराज पौडेलको “बडा दशैं बडा दशैं, हर्षको आगमन” गित बजारमा

काठमाडौं । गीतकार निर्मलराज पौडेलले “बडा दशैं बडा दशैं, हर्षको आगमन” नामक दसैँगीत बजारमा ल्याएका छन् । सार्वजनिक भएको गीतमा पौडेलसहित संगीतकार मोहित मुनाल, गायिका समान्ता थापा , मनिष पौडेलले स्वर रहेको छ । गित वेलकम एभी प्रोडक्सनले तयार पारेको हो ।  म्यूजिक भिडियोलाई मनिष पौडेलले निर्देशन गरेका छन् भने, कोरियोग्राफी दिपिका थापाले गरेका हुन् ।

उक्त गीतमा कलाकार गोपाल ढकाल “छन्दे”, नवराज कार्की का साथै वेलकम परिवारले अभिनयमा साथ दिएका  छन् ।  गीतकार तथा गायक पौडेलले भने, “बिगत दश-पन्ध्र वर्ष अगाडि सम्म पनि बडा दशैँ को रौनक, खुसियाली को माहौल देखिने गर्दथ्यो, तर आज भोली सबै हराउदै गएको महसुस हुन थालेको छ । त्यसैले हाम्रा पालाका गीत, संगीत ,तथा प्रस्तुतिहरुलाई हाम्रा सन्तति हरुले पनि थाहा पाँउन्, महसुस गरुन् भन्ने उद्देश्यले गीत तयार पारेका हो ।”  गीतमा नेपालीहरुले दशैं मनाउने शैली, परम्परा लगायतका रमाइलो सँगसँगै आर्थिक, सामाजिक र पारिवारिक विषयलाई समेटिएको छ  । पौडेलको तीज गीत पनि बजारमा आइसकेको छ ।

गितलाई य्युटुबमा https://youtube.com/watch?v=D2Z1IRKeV-M&t=38s हेर्न सकिन्छ ।

NECO

Leave Your Comment

Related News