RE
Global College

एनएलजी इन्स्योरेन्सको विशेष साधारणसभा कात्तिक ७ मा असोज २२ गते बुकक्लोज

काठमाडौं ।एनएलजी इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा कात्तिक ७ गते काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १०ः३० बजे बोलाएको छ

साधारणसभाले चुक्तापुँजीको ६२.५६ प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव अनुमोन गर्ने प्रस्ताब रहेको छ । कम्पनीले  नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट हकप्रद शेयर जारी गर्न अनुमति प्राप्त गरेको छ । यो हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५० करोड २५ लाख १५ हजार ७०१.३० रुपैयाँ पुग्नेछ ।

नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरेको छ। यसअघि कम्पनीले तत्काल कायम रहेको चुक्तापुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९०.५० रुपैयाँको ६६ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो। उक्त हकप्रद जारी गर्न कम्पनीले बीमा प्राधिकरणसँग स्वीकृति पनि मागेको थियो। प्राधिकरणबाट स्वीकृति प्राप्त नहुँदै कम्पनीको १८ औँ वार्षिक साधारणसभाबाट ५.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत भएपछि कम्पनीले हकप्रदको आकार घटाएको हो।

एनएलजीको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज (एलएस) क्यापिटल मार्केट रहेको छ। विशेष साधारणसभाको लागि कम्पनीको असोज २२ गते बुक क्लोज हुनेछ  । असोज २२ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु मात्रै यो कम्पनीको साधारण सभामा भाग लिन सक्नेछन्।

 

NECO

Leave Your Comment

Related News