RE
Global College

१८ लाख ७९ हजार मेरो शेयर खाता निष्क्रिय

काठमाडौं । साढे १८ लाख भन्दा बढी मेरो शेयर खाता निष्क्रिय रहेको पाइएको छ ।

धितोपत्र राफसाफकर्ता सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले सार्वजनिक गरेको तथ्यांकअनुसार १८ लाख ७९ हजार ६२ मेरो शेयर खाता निष्क्रिय अवस्थामा छन् ।अनलाइनमार्फत धितोपत्र कारोबारका लागि प्रयोग हुँदै आएको  उक्त संख्यामा मेरो शेयर खाता निष्क्रिय अवस्थामा रहेको हो ।

सीडीएससीका अधिकारीका अनुसार कुल ५४ लाख ७३ जार २६५ ओटा मेरो शेयर खाता खोलिएकोमा ३५ लाख ९४ हजार २०३ ओटा मात्र सक्रिय छन् । मेरो शेयर खाता सञ्चालनबापत वार्षिक ५० रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था छ । हाल धितोपत्रको दोस्रो बजार कारोबारमा २३ लाखभन्दा बढी लगानीकर्ता सक्रिय छन् ।

NECO

Leave Your Comment

Related News