CLI
Global College

साताको पहिलो दिन शयरबजार बढ्यो कारोबार रकम पनि बढ्यो

काठमाडौं । चार दिन पश्चात खुलेको शेयर बजार साताको पहिलो दिन आज शेयर बजार परिसूचक नेप्से बढेको छ । आज नेप्से सूचक ६२.५४ अंकले बढेर २७३८.०६ को बिन्दुमा पुगेर छ

आज कारोबारमा आएका ३२५ कम्पनीको २ करोड २४ लाख ७४ हजार २ सय ८२ कित्ता शेयर खरिद बिक्रीबाट ९ अर्ब ७७ करोड ११ लाख २४ हजार ७३ रुपैयाँ ५५ पैसाको कारोबार भएको छ। जस मध्ये सानिमा जीआईसी इन्स्योरेन्सको सर्वाधिक ३८ करोड ४ लाखको कारोबार भएको छ भने समृद्धि फाइनान्सको ३४ करोड १९ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये गुराँस लघुवित्त, श्रीजनशील लघुवित्त, सुपर मादी हाइड्रो लगायत आधा दर्जन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आज सानिमा ग्रोथ फण्डको इकाई मूल्य सर्वाधिक ६.७६ प्रतिशत घटेको छ भने समाज लघुवित्तको शेयर मूल्य ४.८६ प्रतिशत घटेको छ।

आज कारोबारमा आएका मध्ये सबै समूहगत सूचक बढेका छन् । जस मध्ये हाइड्रो समूह सर्वाधिक ४.३६ प्रतिशतले बढेको छ।

 

Leave Your Comment

Related News