CLI

सिटिजन्स बैंक इन्टरनेसनलको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको संस्थापक समूहको ४ लाख कित्ता शेयर बिक्रीमा रहेको छ । बिक्रमा रहेको शेयर खरिद गर्ने पहिलो प्राथमिकता बिध्यमान संस्थापक शेयरधनीको हुने कानूनी व्यबस्थाको कारण यो शेयर हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका गर्न सक्नेछन् ।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०२ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले खरिदन निवेदन दिँदा तोकिएको मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

शेयर खरिदका लागि निवेदन दिन ३५ दिनको म्याद दिइएको छ। उक्त अवधिभित्र इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको नारायणहिटी स्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन्।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ ।

 

Leave Your Comment

Related News