CLI
Global College

महालक्ष्मी विकास बैंकको नाफा ९ करोड ४२ लाख बढी

काठमाडौं । महालक्ष्मी विकास बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ९ करोड ४२ लाख ८९ हजार ७८ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा ९ करोड ५३ लाख ७८ हजार ६०९ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार रुपैयाँ रहेको बैंकले चालू आवको पहिलो त्रैमासमा ५२ अर्ब ५५ करोड ३७ लाख ५२ हजार रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब ९३ करोड ६५ लाख २ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा ४८ करोड ३२ लाख ११ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा ४.९० प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर ४.५९ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले ५५ अर्ब २१ करोड २ लाख ८२ हजार रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब ४३ करोड ३७ लाख ४० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४४ करोड १२ लाख २५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा ३.९१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर ४.५९ प्रतिशत रहेको थियो ।

Leave Your Comment

Related News