CLI

के नेपाल वेयरहाउजिङ्गले हकप्रद शेयर जारी गर्न सक्छ ?

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीले हकप्रद शेयर जारी गर्ने बताएको छ । कम्पनीको सञ्चालक समितिको ६३ औं बैठकले हाल कायम रहेका चुक्ता पुँजीलाई वृद्धि गर्ने योजना अनुरुप हकप्रद शेयर जारी गर्ने भनेको हो ।

कम्पनीको हाल कायम चुक्ता पुँजी ६८ करोड ७५ लाखको शतप्रतिशत अर्थात् एक बराबर एक शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्ने बताएको हो । हकप्रद शेयरको उक्त प्रस्ताव आगामी साधारण सभामा पेश गर्ने समेत बताएको छ । तर कम्पनीले हकप्रद शेयर जारी गर्न पाउने अवस्था छैन । नेपाल धितोपत्र बोर्डमा सूचिकृत संस्थाहरुले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गरेको दुई आर्थिक वर्षपछि मात्रै हकप्रद शेयर निष्कासन गर्न पाउने भन्ने व्यवस्था गरिएको कारण कम्पनीले तत्काल हकप्रद शेयर निष्काशन गर्न अनुमति प्राप्त गर्न नसक्ने धितोपत्र बोर्डका अधिकारीहरुले बताएका छन् ।

धितोपत्र बाडफाँड तथा निष्कासन निर्देशिका २०७४ को सातौं संसोधनले स्पष्ट रुपले सूचिकृत संस्थाहरुले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गरेको दुई आर्थिक वर्षपछि मात्रै हकप्रद शेयर निष्कासन गर्न पाउने भन्ने व्यवस्था गरेको छ । निर्देशिकाको १३ नम्बर बुँदाको (ख) मा भनिएको छ–‘प्रारम्भिक सार्वजनिक निष्कासन गरेको कम्तिमा दुई वर्ष पुरा भएको, ।’

बोर्डले यो नियम बैंक, वित्तिय वा बीमा बाहेकका सूचीकृत संगठित संस्थाको हकप्रद शेयर निष्कासनमा लागु हुने भनेको छ । यो सँगै वेयरहाउजिङ्ग कम्पनीले २०८० मंसिर १० गते आईपीओ निष्कासन गरेको थियो , जसले गर्दा अब हकप्रद शेयर निष्काशन गर्नका लागि अझै एक वर्ष कुर्नु पर्ने वाध्यतत्मक अवस्था रहेको छ । बोर्डका प्रवक्ता नवराज अधिकारीले वेयरहाउजिङ्गले तत्काल आईपीओ जारी गर्न नपाउन बताए । यो सँगै वेयरहाउजिङ्गले आफनो शेयर मूल्यमा चलखेल गर्नका लागि हकप्रद ल्याउने विषय सार्वजनिक गरेको हुन सक्ने लगानीकर्ताहरु बताउछन्, । यो सँगै पछिल्लो समय कम्पनीको शेयर मूल्य बढेको छ भने सोमबारको लागि १ हजार ४० रुपैयाँमा कारोबार भएको छ । कम्पनीले शेयर मूल्यमा चलखेल गर्नका लागि ल्याउन नसक्ने अवस्थाको हकप्रद विषयको उठान गरिएको हुदाँ यसमा सम्वन्धित निकायले तत्काल काराबाही प्रक्रिया अघि बढाउनु पर्ने लगानीकर्ताहरु बताउछन् ।

Leave Your Comment

Related News