RE
Global College

सामलिङ्ग पावर हाइड्रोपावरको छैठौं साधारण सभा पुस २ गते हुने

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको छैठौं वार्षिक साधारण सभा पुस २ गते मंगलबार बस्ने भएको छ । छैठौं साधारण सभा मंगलबार बिहान १०ः३० बजे द ईन्ट्रान्स क्याफे, चाकुपाट, ललितपुरमा बस्ने भएको हो ।

संस्थाको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको लागि स्थान, समय र सभामा पेश गरिने प्रस्तावहरुको विषयमा टुँगो लगाएको बताइएको छ । सभामा आर्थिक वर्ष ०८०/८१ को संञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरिने, गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सहितको आर्थिक प्रतिवेदन सम्बन्धमा छलफल गर्ने र आर्थिक वर्षक ०८१/८२ को लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश बताइएको हो ।

संस्थाले बुधबारका लागि कम्पनीको शेयर दाखिल खारेज बन्द हुने बताएको छ । बुधबार भन्दा अघिल्लो दिनसम्म अर्थात् नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा शेयर कारोबार भई सोको सात दिन भित्र यस कम्पनीको शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड, काठमाडौंमा प्राप्त शेयर नामसारीको लिखतको आधारमा शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्ने छन् ।

 

NECO

Leave Your Comment

Related News