RE
Global College

नेप्सेमा तीन कम्पनीको करिब साढे ३३ लाख बानेस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ कम्पनीको करिब साढे ३३ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

नेप्सेमा ३ वटा कम्पनी अर्थात् स्वावलम्बन लघुवित्त, अरुण भ्याली हाइड्रोपावर र गुराँस लघुवित्तको गरी कुल ३३ लाख ३१ हजार ५२३ कित्ता बोनस शेयर सूचीकृत भएको हो। जसमा स्वावलम्बन लघुवित्तको २० लाख ६६ हजार २५० कित्ता, अरुण भ्याली हाइड्रोपावरको ११ लाख २० हजार ७७८ कित्ता र गुराँस लघुवित्तको १ लाख ४४ हजार ४९५ कित्ता बोनस शेयर रहेको छ।

अघिल्लो आर्थिक वर्षमा यी कम्पनीहरुले आफ्ना शेयरधनीहरुलाई वितरण गरेको बोनस शेयर आज सूचीकृत भएको छ। अघिल्लो वर्ष आर्थिक वर्षमा स्वावलम्बन लघुवित्तले १४.२५ प्रतिशत, अरुण भ्याली हाइड्रोपावरले ३ प्रतिश र गुराँस लघुवित्तले १४.२५ प्रतिशत बोनस शेयर वितरण गरेका थिए।

NECO

Leave Your Comment

Related News