काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष पनि लाभांश वितरण नगर्ने भएको छ । आर्थिक वर्ष ०७७/७८ मा २१ प्रतिशत बोनस शेयर वितरण गरेको कम्पनीले त्यसपछिका वर्ष भने लाभांश वितरण गरेको छैन ।
मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
गत वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू आगामी वार्षिक साधारण सभामा पेश गर्नका लागि नेपाल राष्ट्र बैंकसँग स्वीकृति माग्ने निर्णय पनि कम्पनीले गरेको छ ।


