RE
Global College

गरिमा म्युचूअल फण्ड अन्तर्गत “गरिमा समृद्धि योजना” को इकाई सार्वजनिक निष्काशन सुरु

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको कोष प्रवर्द्धकत्व र गरिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा संचालित गरिमा म्युचूअल फण्ड अन्तर्गत पहिलो बन्दमुखी योजना “गरिमा समृद्धि योजना” आज २०८१ पुस ७ गतेबाट सार्वजनिक रुपमा निष्काशन भएको छ।

नेपाल धितोपत्र बोर्डको स्वीकृति प्राप्त यस योजनाले कुल एक अर्ब रुपैयाँ बराबरको इकाई निष्काशन गरेको हो। यो योजना सामूहिक लगानी कोष अन्तर्गत रहेको छ, जसले लगानीकर्तालाई दीर्घकालीन वित्तीय लाभ प्रदान गर्ने उद्देश्य राखेको छ।

नेपाल धितोपत्र बोर्डको स्वीकृति बमोजिम आज सार्वजनिक रुपमा निष्काशन भएको गरिमा समृद्घि योजनाको संक्षिप्त जानकारी देहाय बमोजिम रहेको छ :

गरिमा समृद्धि योजना सम्बन्धी संक्षिप्त जानकारी:

इकाई खरीदका लागि लगानीकर्ताहरुले मेरोशेयर तथा सीआस्बा (C-ASBA)  हुने सम्पूर्ण बैंक तथा वित्तिय संस्थाहरु मार्फत आवेदन दिन सकिनेछ ।

NECO

Leave Your Comment

Related News