RE
Global College

सर्वोत्तम सिमेन्ट र ग्रिन भेन्चर्सको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सर्वोत्तम सिमेन्ट र ग्रिन भेन्चर्स लिमिटेडका शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले यी दुई कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

सर्वोत्तम सिमेन्टको अघिल्लो कारोबार दिन प्रतिकित्ता ७६४ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको यस कम्पनीको शेयरमूल्य ७ प्रतिशत बोनस समायोजनपछि ७१४ रुपैयाँ ६७ पैसा कायम भएको छ।

ग्रिन भेन्चर्स लिमिटेडको अघिल्लो कारोबार दिनको अन्तिम मूल्य ५६१ रुपैयाँ ५० पैसाबाट १० प्रतिशत बोनस समायोजन गरी ५१० रुपैयाँ ४५ पैसा कायम गरिएको छ।

सर्वोत्तम सिमेन्टले आफ्नो छैठौं वार्षिक साधारण सभा पुस २६ गते, शुक्रबार, रुपन्देहीको भैरहवास्थित होटल भिलासामा बिहान ११ बजे बोलाएको छ।

सभामा हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गरी कुल १० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरिनेछ।

ग्रिन भेन्चर्सले छैठौं वार्षिक साधारण सभा पुस २८ गते, आइतबार, काठमाडौंको ज्ञानेश्वरस्थित रानी महल ब्याङ्क्वेटमा बिहान ११ बजे बोलाएको छ।

सभामा १० प्रतिशत बोनस शेयर र बोनसको कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।

समायोजनपश्चात निर्धारण गरिएको नयाँ मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा यी कम्पनीहरूको शेयर कारोबार खुल्नेछ।

NECO

Leave Your Comment

Related News